भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सहकारीको ११ करोड २० लाख रुपैयाँ हिनामिनामा वडासदस्य प्रहरीको फन्दामा

सहकारीको ११ करोड २० लाख रुपैयाँ हिनामिनामा वडासदस्य प्रहरीको फन्दामा

लमजुङ । सहकारी ठगीको आरोपमा लमजुङमा मधुमाया बगाले पक्राउ परेकी छन्। सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको कसुरमा लमजुङको मर्स्याङ्दी गाउँपालिकाकी कार्यपालिका सदस्य उनलाई प्रहरीले पक्राउ गरेको हो ।

नेकपा एमालेबाट वडा सदस्य जितेकी बगाले वडा नम्बर ९ की पार्टी अध्यक्ष समेत हुन्। सहकारी रजिस्ट्रार कार्यालय गण्डकी प्रदेशको पत्रको जाहेरीको आधारमा बगालेलाई पक्राउ गरेर अनुसन्धान थालिएको लमजुङ प्रहरीले जनाएको छ ।

जनकल्याण बचत तथा ऋण सहकारीको ११ करोड २० लाख रुपैयाँ हिनामिनामा मुख्य भूमिका बगालेको देखिएको अनुसन्धान प्रतिवेदनले निष्कर्ष निकालेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। बगालेलाई ६ दिन हिसासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको छ भने सहकारीका व्यवस्थापक वीरेन्द्र गुरुङलाई सात दिनको म्याद थप भएको छ ।

जनकल्याण बचत तथा ऋण सहकारीको सेवा केन्द्र ङादीको सेवा केन्द्र प्रमुखलाई प्रयोग गरी सहकारीमा नक्कली कर्जा खडा गराई सहकारीको रकम हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ।

सहकारीका व्यवस्थापक गुरुङलाई प्रहरीले पक्राउ गरेपछि बगालेलाई पक्राउ गरिएको हो। सहकारीको रकम ठगीमा वीरेन्द्रसँग मिलेर तुलमाया तामाङ र अनिशा भण्डारी लगायतको संलग्नता देखिएको छ।

 


Thali Mobile Pvt.Ltd.