भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

शनिबार काठमाण्डौमा ३५ वर्षपछि तापक्रम ३५ दशमलव ३ डिग्री सेल्सियस मापन

शनिबार काठमाण्डौमा ३५ वर्षपछि तापक्रम ३५ दशमलव ३ डिग्री सेल्सियस मापन

काठमाण्डौ । शनिबार काठमाण्डौ उपत्यकामा वर्षकै सबैभन्दा बढी गर्मी भएको छ । यसअघि २०४६ साल वैशाख २५ गते काठमाण्डौको तापक्रम ३६ दशमलव ६ डिग्री सेल्सियस मापन भएको थियो । ३५ वर्षपछि काठमाण्डौमा शनिबार अधिकतम तापक्रम ३५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको हो ।

लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै ठाउँमा तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ । मनसुन पूर्वबाट बिस्तारै पश्चिमतिर सर्ने क्रममा रहेको विभागले जनाएको छ । काठमाडौंमा गएको जेठ १७ गते अधिकतम तापक्रम ३४ दशमलव ४ डिग्री सेल्सियस पुगेको थियो ।

शनिबारसबैभन्दा धेरै गर्मी भएको हो । ६ दिनअघि पूर्वबाट भित्रिएको मनसुन अझै मध्य र पश्चिम क्षेत्रसम्म नफैलिएकाले काठमाण्डौसहित पश्चिमी क्षेत्रमा गर्मी बढेको छ । आइतबार कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा तथा मधेस प्रदेशलगायत बाँकी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशीसहित मधेश र बाग्मती प्रदेशको पूर्वी भेगसम्म मनसुनको प्रभाव देखिएको छ । देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको र बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुनमान महाशाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.