भर्खरै : Sorry, your browser does not support inline SVG.
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न |

‘नेफेजसँग सञ्चारगत विषयमा सहकार्य गरी अघि बढ्ने’

‘नेफेजसँग सञ्चारगत विषयमा सहकार्य गरी अघि बढ्ने’

काठमाडौँ ।  वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल वातावरण पत्रकार समूह (नेफेज)सँग सञ्चारगत विषयमा आवश्यक सहकार्य र समन्वय गरी अघि बढ्ने बताउनुभएको छ ।

नेफेजको नवनिर्वाचित कार्यसमितिसँग मन्त्रालयमा सोमबार भएको भेटमा उहाँले वातावरण पत्रकारसँग आफू सुमधुर सम्बन्ध कायम गरी अघि बढ्ने बताउनुभयो । मन्त्री शाहीले नेफेजलाई मन्त्रालयले गरेको कामलाई जनतासमक्ष पु¥याउन तथा नीति निर्माणमा सिर्जनात्मक र विज्ञतासहित सुझाव प्रदान गर्न आग्रह गर्नुभयो । 

सो अवसरमा मन्त्रालयका सचिव डा दीपककुमार खरालले सञ्चार क्षेत्रले वातावरण संरक्षणसँगै मुलुक समृद्धिका क्षेत्रमा सिर्जनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

नेफेजका अध्यक्ष चन्द्रशेखर कार्कीले संस्थाका गतिविधि र कार्यक्रमबारेमा जानकारी गराउनुभएको थियो । पूर्वध्यक्ष कसमस विश्वकर्माले मन्त्रालयले नेफेजसँग गर्न सकिने सहकार्यका विषयमा प्रकाश पार्नुभएको थियो । भेटमा नेफेजका पदाधिकारी तथा सदस्यको उपस्थिति थियो । रासस

 


Thali Mobile Pvt.Ltd.