भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

कोशी, नारायणी, कर्णाली, महाकाली लगायतका नदीहरुमा बाढीको जोखिम

कोशी, नारायणी, कर्णाली, महाकाली लगायतका नदीहरुमा बाढीको जोखिम

काठमाडौं । आगामी तीन दिनसम्म कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूमा जलसतह बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महशाखाकाअनुसार कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको पनि जलसतह बढ्दो हुने र सतर्कता तह तलै रहने पूर्वानुमान छ ।

सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, पाल्पा, रुपन्देही, कपिलवस्तु, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भइ बहने नदीहरुमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।

यस्तै ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर, तेह्रथुम, धादिङ, मकवानपुर, प्यूठान, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, बझाङ, दार्चुला, कैलाली र आसपासका जिल्ला भई बहने नदीमा पनि बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.