भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

आज–भोलि मौसम सफा, सोमवारदेखि आंशिक बदली र वर्षाको सम्भावना

आज–भोलि मौसम सफा, सोमवारदेखि आंशिक बदली र वर्षाको सम्भावना

काठमाण्डौ, ८ कार्तिक । आज र भोलि देशभर मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार केही ठाउँमा आंशिक बदली देखिए पनि पानी पर्ने सम्भावना छैन।

मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिनुभयो कि पर्सि सोमवार बेलुकीदेखि मौसममा सामान्य बदली हुन सक्नेछ। सोमबार गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षा हुने सम्भावना रहेको छ। उहाँले थपे, “सोमबारपछिको मौसम कस्तो रहनेछ भन्नेबारे अध्ययन भइरहेको छ।”

यस्तै, नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले मौसम विज्ञान विभागसँगको सहकार्यमा जारी गरेको पछिल्लो कृषि मौसम सल्लाह बुलेटिनमा यो हप्ताको मध्य र अन्त्यतिर न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने उल्लेख गरिएको छ। किसानहरूलाई धान भित्र्याउने काम मौसम अनुसार गर्नु सल्लाह दिइएको छ।

बुलेटिनअनुसार,

आइतवार, सोमवार र मंगलवारलाई हप्ताको मध्य,

बुधवार र बिहीवारलाई हप्ताको अन्त्य मानिएको छ।

यस अवधिमा देशका केही ठाउँमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

 


Thali Mobile Pvt.Ltd.