भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हिमपात विनै चिसो बढेपछि हुम्लामा हिउँदे बिदा सुरु

हिमपात विनै चिसो बढेपछि हुम्लामा हिउँदे बिदा सुरु

काठमाडौं । हुम्लाका सातवटा स्थानीय तहभित्रका विद्यालयले वार्षिक परीक्षा सकेर बिदा दिएका छन् । चिसो बढेपछि हुम्लाका विद्यालयहरुमा हिउँदे बिदा दिइएको हो । हिउँदयाममा अत्यधिक जाडो हुने भएकाले हिमाली जिल्लाका विद्यालयहरुमा वार्षिक परीक्षा सकेर पुस–माघमा बिदा दिने गरिएको छ ।

यस वर्ष ढिलागरी शैक्षिकसत्र सुरु भएकाले एक महिनामात्रै बिदा दिइएको जनाइएको छ । जिल्लाभरिका एक सय ५१ वटा विद्यालयहरुमा पठनपाठन बन्द भएको छ । हुम्लामा एक सय ४६ सामुदायिक, एउटा धार्मिक र चार संस्थागत विद्यालयहरु छन् ।

जिल्लामा यस वर्ष अत्यधिक जाडो बढे पनि हिमपात भने अझै भएको छैन । आगामी फागुन २ गतेदेखि सञ्चालन गर्नेगरि विद्यालय बन्द गरिएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.