भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

विश्व ताल दिवस : जैविक विविधता र ताजा पानीका स्रोत संरक्षणको सन्देश

विश्व ताल दिवस : जैविक विविधता र ताजा पानीका स्रोत संरक्षणको सन्देश

काठमाडौं, ११ भाद्र । पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ बुधबार विश्व ताल दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन उक्त विश्व संस्थामा आबद्ध मुलुक सहमत भएका हुन्।

गत वर्षको महासभामा विश्व ताल दिवस मनाउने सम्बन्धी प्रस्ताव पारित भएको थियो। राष्ट्रसङ्घीय प्रणालीमा आबद्ध संस्था, अन्य अन्तर्राष्ट्रिय क्षेत्रीय र उपक्षेत्रीय संस्था, नागरिक समाज, निजी क्षेत्र, वातावरण एवं शैक्षिक अभियन्तालाई तालको महत्त्वबारे शिक्षा प्रदान गर्दै तिनको संरक्षण गर्नु यो दिवसको मुख्य उद्देश्य हो।

संयुक्त राष्ट्रसङ्घका अनुसार पृथ्वीमा करिब ११ करोड ७० लाखभन्दा बढी ताल छन्। यी तालहरूले विश्वको जमिनको करिब चार प्रतिशत क्षेत्र ओगटेका छन्। तर प्रदूषण र ‘मिथेन’ उत्सर्जनका कारण वातावरणीय नोक्सानीका साथै ताजा पानीका स्रोतहरू घट्दै गएका छन्। यही कारणले विश्व ताल दिवसको सान्दर्भिकता बढ्दै गएको हो।

तालहरूले मानव जीवनलाई प्रत्यक्ष फाइदा पुर्‍याउँदै आएका छन्— पेयजल आपूर्ति, कृषि र उद्योगका लागि उत्पादनको प्रमुख स्रोतका रूपमा। साथै अनगिन्ती प्रजातिका माछा, बोटबिरुवा र वन्यजन्तुलाई जीवन दिएर जैविक विविधता कायम राख्ने कार्यमा पनि तालहरूको भूमिका महत्वपूर्ण छ।

तर बढ्दो विश्वव्यापी तापक्रम वृद्धिका कारण धेरै तालहरू सुक्दै गएका छन् भने हिमनदी र बरफ पग्लने दर तीव्र बनेको छ। यस्तो सन्दर्भमा तालतलैयाको संरक्षण र दिगो व्यवस्थापनलाई अझ बढी महत्व दिनुपर्ने वैज्ञानिकहरूले औंल्याएका छन्।

 


Thali Mobile Pvt.Ltd.