भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

लेक लागेर जुम्लाका युवकको डोल्पा पाटनमा मृत्यु

लेक लागेर जुम्लाका युवकको डोल्पा पाटनमा मृत्यु

काठमाडौं, ८ जेठ ।  यार्सा संकलनका लागि डोल्पा पाटनमा गएका जुम्लाका एक युवकको मृत्यु भएको छ। जुम्लाको गुठीचौर गाउँपालिका–१ मणि साँघुका २४ वर्षीय भीमबहादुर बोहराको बुधबार लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

बोहरा डोल्पाको जगदुल्ला गाउँपालिका–१ अन्तर्गतको मध्यवर्ती पाटनमा यार्सा संकलन गर्न गएका थिए। सोही क्रममा उनलाई एक्कासी लेक लागेको जनाइएको छ। साथीहरूले उनलाई तत्काल उद्धार प्रयास गरी घर फर्काउने क्रममा गुठीचौर–१ स्थित बाटोमै उनको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविनबाबु रेग्मीका अनुसार घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ। घटनास्थलतर्फ प्रहरी निरीक्षक रोहित रसाइली नेतृत्वको टोली पठाइएको उनले जानकारी दिए।

यस वर्ष डोल्पा पाटन यार्सा संकलनका लागि जेठ ५ गतेबाट खुला गरिएको थियो। यार्सा संकलनका क्रममा उच्च हिमाली क्षेत्रको कठोर भौगोलिक अवस्था र स्वास्थ्य जोखिमका कारण यसप्रकारका घटनाहरू हरेक वर्ष देखिने गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.