भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

मनाङबाट ३२ किलो भन्दा धेरै यार्सागुम्बा निकासी

मनाङबाट ३२ किलो भन्दा धेरै यार्सागुम्बा निकासी

काठमाडौैंं । मनाङको तल्लो क्षेत्रबाट ३२ किलो भन्दा धेरै यार्सागुम्बा निकासी भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इकाई मनाङका प्रमुख ढकबहादुर भुजेलकाअनुसार गएको असार मसान्तसम्म ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा सङ्कलन तथा निकासी भएको हो ।

यार्सागुम्बा निकासीबाट १६ लाख ५७ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको छ । यार्सा निकासीका लागि प्रतिकिलो ५१ हजार दस्तुर लिने गरिएको छ । निकासी गरिएको दस्तुर ५१ हजारमध्येबाट १० हजार संरक्षण क्षेत्र व्यवस्थापन समिति तथा १० हजार पालिकालाई उपलब्ध गराउने गरिन्छ ।

मनाङमा नाम्के खर्क यार्सागुम्बा सङ्कलन गर्ने पहिलो गन्तव्य हो । गएको वैशाख १० गतेदेखि नाम्के खर्कबाट झण्डै दुई सय जनाले यार्सागुम्बा सङ्कलनको अनुमति लिएका थिए । अनुमतिबिना यार्सागुम्बा सङ्कलन गर्न पाइँदैन ।

मनाङसँगै लमजुङ, गोरखा र धादिङका स्थानीयबासिन्दा यार्सागुम्बा सङ्कलन गर्न मनाङका लेक पुग्छन् । रासस

 


Thali Mobile Pvt.Ltd.