भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस आज विविध कार्यक्रम गरी मनाइँदै

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस आज विविध कार्यक्रम गरी मनाइँदै

काठमाण्डौं । आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । १९९६ देखि डिसेम्बर ७ लाई नागरिक उड्डयन दिवसको रुपमा संयुक्त राष्ट्रसङ्घको महासभाले मान्यता दिएपछि यो दिवस मनाउन थालिएको हो ।

नेपालमा सन् १९५७ मा नागरिक उड्डयन प्राधिकरण स्थापना भएको हो । प्राधिकरणको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमले अहिले सात देशका नौ गन्तव्यमा दुई वाइड बडी र दुई न्यारो बडी गरी चार जहाजबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

निगमको ६३ वर्षे इतिहासमा पहिलो पटक अन्तर्राष्ट्रिय उडानमा नेपाल वायुसेवा निगमले खतराजन्य पदार्थ ओसारपसारको अनुमति पाएको छ । खतराजन्य पदार्थ ढुवानीको स्थायी अनुमति पाएपछि प्राधिकरणले निगमको सफल्तामा खुशी व्यक्त गरेको छ ।

यसअघि अस्थायी रूपमा हरेक तीन महिनाका लागि अनुमति लिएर खतराजन्य पदार्थ ओसारपसार गर्दै आएको निगमले अबदेखि स्थायीरूपमा अनुमति पाएको हो । आईकाओले खतराको सूचीमा राखेका वस्तु निगमले आवश्यक सुरक्षा अपनाएर ढुवानी गर्न सक्नेछ ।

खतराजन्य पदार्थ आयात निर्यातको अनुमति पाउनु नेपालका लागि उपलब्धि भएको र निगमलाई पनि आर्थिक रूपमा नाफा हुने पर्यटनमन्त्री प्रेमबहादुर आलेले बताए ।

 


Thali Mobile Pvt.Ltd.