अपराधिक मानसिक्ता बोकेका आयुष भेटवाललाई कानुनी कठघरमा उभ्याउने कि ?

अपराधिक मानसिक्ता बोकेका आयुष भेटवाललाई कानुनी कठघरमा उभ्याउने कि ?

दर्शकवृन्द २७ वर्षीय पवन साह असार २० गते सडकमा साइकलमा गुडिरहेका बेला कारमा सवार एक जना व्यक्ति कार रोकेर उनलाई कुट्पुग्छन् । आफ्नै गतिमा गइरहेका बेला एक्कासी मुक्का खाएर सडकमा पछारिन्छन् । बेहोस हुन्छन् । आरती स्टील उद्योगमा काम गर्ने पवन मजदुरी गरेर जीविका चलाउँछन् । ६ महिनादेखि उद्योगमा काम गरिरहेका उनको सिफ्टको काम बेलुका ८ बजे सकिने गर्छ ।

उद्योगबाट घर पुग्न ६ किमी हिड्नु पर्छ । उद्योगमा काम सकेर सोही बाटो साइकलबाट जादै गर्दा उनीमाथि अपराधि मानसिक्ता बोकेका एकजना आयुष भन्ने आक्रमणकारकीको शिकार बन्छन् । आफ्नै गतिमा साइकलमा आइरहेका पवन साहलाई विपरीत दिशाबाट आउँदै गरेको कार रोकेर उत्रिएका अपराधि मानसिक्ता बोकेका आयुष भेटवालले अनुहारमा मुक्का प्रहार गरे र साइकलसहित सडकमा लडाए ।

मुक्का प्रहारबाट ढलेका शाहलाई फेरि सडकमा घिसारेर किनारामा फालेर आयुष भागेको भिडियोमा प्रष्ट देखिन्छ । अपराधि मानसिक्ता बोकेका आयुषलाई पवनको साइकल फाल्नका लागि कुशल भेटवालले सघाएका थिए । पवन बेहोश भएर लडेको केही समयपछि मात्रै स्थानीयले प्रहरीलाई खबर पु¥याए । करिब ९ बजे प्रहरीले उठाएर उनलाई कोशी अस्पतालमा उपचारका लागि पुर्‍यायो ।

ड्युटी सकेपछि घर फर्कंदै गरेका शाह आफूलाई किन र कसरी आक्रमण भयो भन्ने थाहा नपाएको होसमा आउँदा अस्पतालको बेडमा रहेको ताउँछन् । त्यो गाडी रोकियो, म गाडीलाई कटाएर आफ्नो बाटो जाँदैथिएँ एक्कासी आएर मलाई हान्यो कन्चटमा चोट लागेको मात्र थाहा पाए पछि के भो थाहा भएन, पवनले भने । गलत साइडमा भएकै कारण देखाएर भेटवालले प्रहार गरेको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धान भन्छ ।

तर सडक के साइकलवालाको होइन त ? लाखौं तथा करोडको गाडी चढ्ने अनि दादागिरी देखाउदै भूइंमान्छेलाई यसरी दादागिरी देखाउँदै ज्यान नै लिने हो भने र यस्ता अपराधिहरुकै बोलवाला चल्ने हो भने समाज कता तिर जाला । सवाल यति हो अपराधिलाई हदै सम्मको कारबाही हुन पर्छ र कानुनी कठघरामा उभ्याएर हदै सम्मको सजाय दिनै पर्छ । सडक सबैको हो । सबैले उपयोग गर्न पाउनु पर्छ ।

धन कमाए र गाडी चढे भन्दैमा शान देखाउने छुट कसैलाई छैन । यस्ता अपराधिलाई प्रहरीले खोजी खोजी कारबाहीको हिस्सेदार बनाएर कानुनी राज स्थापना गर्नै पर्छ ।
बा १५ च ३४४५ नम्बरको कारमा सवार भेटवालले सडकमा रोकेर क्रुर अमानवीय व्यवहार देखाउँदै साइकलमा सवार ती शाहलाई किन कुटे । गल्ती नै भएको भए प्रहरीलाई किन खबर गरेनन् ।

हेर्नुहोस् सीसीटिभिको दृश्य…

सवाल त्यही हो अरु मान्छे नै होइनन्, यो सडक मेरो हो भन्ने दम्भ किन देखाए ? हो कानुनी राज यहाँ छैन भन्ने कुरा उनको अमानवीय व्यवहारले देखाउँछ । यदी उनीहरुमा मानवताको म समेत भएको भए सडकमा ढलेका पवन साहको साइकल कुशलले किनारामा किन मिल्काउ थ्ये ? बेहोश भएका पवनलाई आयुषले घिसारेर सडक किनारामा किन फाल्थ्ये ? आयुष र कुशलको दादागिरी र अमानविय कार्य कारमा सवार ३० वर्षीय रोशन कार्कीले भने सबै हेरिरहे ।

कुटपिट गर्ने भेटवाललाई घटनाको एक दिनपछि २१ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले बताए । घटनापछिमात्रै आफुलाई जानकारी आएको दाहालको भनाइ छ । तत्काल प्रहरीले शाहलाई अस्पताल पठाएर सिसी क्यामेरा फुटेज हेर्दा क्रूर घटना भएको देखियो र आक्रमणकारीलाई तत्काल खोज्न प्रहरी परिचालन गएिको डीएसपी दाहाले बताए ।

२१ गते मुक्का हान्ने आयुष भेटिए अरु फरार रहेकाले खोजी भइरहेको प्रहरीले बताएको छ । गलत साइडमा हिंडेका कारण शाहलाई कुटपिट गरेको आयुषले स्वीकार गरेका छन् । हो आक्रमणको अवस्था हेर्दा मान्छेको मृत्यु भएको जस्तै देखिन्छ । धन्न लकले पवन बाँच्यो । दर्शकवृन्द पक्राउ परेका भेटवाललाई ज्यान मार्ने उद्योगमा म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । फरार रहेका दुई जनाको खोजी कार्य तिब्र पारिएको डीएसपी दाहालले बताए ।

अहिले घटनाका घाइते पवन घरमा आराम गरिरहेका छन् । अझै पनि पवनको स्वास्थ्यमा समस्या भने छ । टाउकोमा समस्या रहेकाले धेरै बोल्न सकेका छैनन् । तर डाक्टरले उनलाई १० दिनको दबाई दिएका छन् । उनको उपचारमा आक्रमण गर्नेका परिवारले उपचार गर्ने आश्वासन दिएका छन् । यो घटनाले सवैलाई सचेत गराएको छ ।

अपराध जहाँ पनि हुन सक्छ त्यसैले त्यस्ता अपराधिक मानसिक्ता बोकेकाहरुलाई सचेत नागरिकले ठाउँको ठाउँ समातेर प्रहरीलाई बुझाउन वा खबर गर्न भूल्नु हुदैन ।

 


Thali Mobile Pvt.Ltd.