भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

अबिरल पानीले यस्तो छ सडकको हालखबर

अबिरल पानीले यस्तो छ सडकको हालखबर

६ श्रावण २०७७ काठमाडौं । अबिरल वर्षाका कारण देशभरका दुई दर्जनभन्दा बढी सडक अवरुद्ध भएको छ । ठाउँ ठाउँमा बाढी पहिरो जादा ग्रामीण क्षेत्रका सडकहरु अवरुद्ध भएका हुन् ।

सडक भासिने, ठुलो पहिरो झर्ने र ढुंगा खस्ने, डाइभर्सन नदीको बाढीले बगाउने, सडकमाथिबाट पहिरो आइ बेलिब्रेज नदीले बगाउने लगायतका समस्याका कारण अहिले विभिन्न सडकहरु अवरुद्ध भएका छन् । अवरुद्ध भएका सडकको निरीक्षण भइरहेको विभागका प्रवक्ता शिवहरी सापकोटाले बताए ।

बाढी पहिरोका कारण अरनिको राजमार्ग अन्तर्गत चेनेज ८८ किमिदेखि ८ सय किमिसम्मको खुर्सानी बारी सडकमा १ सय ५० मिटर सडक भोटेकोशी नदीले कटान गरेको छ । अरनिको राजमार्ग अन्तर्गत ८९ किमिदेखि ४ सय किमीसम्मको खग्दोल सडक असार २५ गतेबाट अवरुद्ध भएको छ ।

अरनिको राजमार्ग अन्तर्गत जम्बु, झ्याले, चाकु, डाकलांग, माथिलो भोटेकोशी ड्याम सडक निरन्तरको वर्षाले सडक भासिने, पहिरो जाने जस्ता समस्याका कारण पुर्ण रुपमा बन्द छन् । यता जल तथा मौसम विज्ञान विभागले नेपालमा भारी वर्षा हुने पुर्वानुमान गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.