भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी पहिलो प्रतिवेदन राष्ट्र सङ्घमा पेस हुँदै

अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी पहिलो प्रतिवेदन राष्ट्र सङ्घमा पेस हुँदै

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलो पटक अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धिको आवधिक प्रतिवेदन पेश गर्ने तयारी शुरु गरेको छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २००३ अक्टोबर १७ मा यो महासन्धि पारित गरेको थियो । सन् २००६ देखि कार्यान्वयनमा आएको महासन्धिलाई नेपालले भने सन् २०१० मा अनुमोदन गरेको थियो ।

अनुमोदन गरेको ६ वर्षपछि प्रतिवेदन पेश गर्नुपर्ने नियमअनुसार तयारी गरिरहेका बेला संयुक्त राष्ट्र सङ्घले यससम्बन्धी निर्देशिका परिवर्तन गरेको थियो । निर्देशिका परिवर्तन गरेको ६ वर्षपछि प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्थाबमोजिम यो वर्ष मन्त्रालयले प्रतिवेदन पेश गर्न लागेको मन्त्रालयको संस्कृति महाशाखा प्रमुख डा.सुरेशसुरस श्रेष्ठले जानकारी दिनुभयो । प्रतिवेदन तयारी गर्न मन्त्रालयले हिजोदेखि तीन दिने राष्ट्रिय परामर्श गोष्ठी आयोजना गरेको छ ।

गोष्ठीमा अमूर्त सांस्कृतिक सम्पदाका क्षेत्रमा काम गर्ने सरकारी एवम् गैरसरकारी क्षेत्रका प्रतिनिधि र विज्ञ गरी ३५ जनाभन्दा धेरैको सहभागिता रहेको मन्त्रालयका पुरातत्त्व अधिकृत भीष्म बास्कोटाले बताउनुभयो । प्रतिवेदन यही जुन १५ देखि संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्को मा पेश गर्न प्रारम्भ गरिने उहाँले बताउनुभयो ।
रासस

 


Thali Mobile Pvt.Ltd.