भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

अर्थमन्त्रीको स्पष्टीकरण (भिडियाे सहित)

अर्थमन्त्रीको स्पष्टीकरण (भिडियाे सहित)

५ असार २०७७ काठमाडौं । कोरोना भाइरसबाट असर परेको अर्थतन्त्रमा रिकभरी हुने स्थिति अझै पनि रहेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । राष्ट्रियसभाको बैठकमा आर्थिक विधेयक २०७७ माथि विचार गरियोस भन्‍ने प्रस्तावमाथि भएको सैद्धान्तिक छलफलमा अर्थतन्त्रको रिकभरी भीसेपमा हुन सक्ने बताएका हुन् ।

हेर्नुहाेस भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/952414248496715/

भूकम्पपछि आर्थिक संरचनाहरुमा क्षति हुँदासमेत अर्थतन्त्रलाई भीसेपको रिकभरी गरिएको उल्लेख गर्दै अहिलेको अवस्थामा पनि भीसेपको रिकभरी सम्भव भएको उनको जिकिर छ । अर्थमन्त्री खतिवडाले अर्थतन्त्रका केही सवल पक्षहरू कायम नै रहेकोले त्यसलाई परिचालन गर्दा श्रम बजारको समस्या र आपूर्ति श्रृंखलालाई सहज बनाउन सजिलो हुने ठहर गरे ।
निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उपकरणहरूमा सरकारले सहजीकरण गरिरहेको भन्दै बैंकिङ प्रणालीबाट कर्जा प्रवाह गर्ने, विद्युतमा छुट दिने लगायतका विषयमा सरकारले जोड दिएको बताए । उनले मुलुकमा झण्डै तीन चौथाइ लगानी निजी क्षेत्रको रहेकाले निजी क्षेत्रलाई सरकारले बिर्सिन नसक्ने बताए ।