भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

आज प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा जाँदै

आज प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा जाँदै

चैत १९ मंगलबार ।प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलवार दिउँसो थाइल्याण्डको औपचारिक भ्रमण जाँदैछन् । प्रधानमन्त्रीओली मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेकको छैटौं शिखर सम्मेलनमा भाग लिन आज बैंककतर्फ जान लाग्नुभएको हो ।

मङ्गलवार दिउँसो १२ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारसँग भेट गरेर प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली दिउँसो साढे १ बजे थाइ एअरलाइन्सबाट बैंककतर्फ प्रस्थान गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका सन्दर्भमा दुई र गैरसरकारी क्षेत्रबीच छ वटा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

थाइल्याण्डमा रहँदा प्रधानमन्त्री ओलीले पर्सि बिहीवार बिहान त्यहाका प्रतिष्ठित व्यवसायीहरूसँग भेटघाट र छलफल गर्नुहुनेछ भने त्यही दिन दिउँसो एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन ।प्रधानमन्त्री ओली २२ गते बिमेस्टक शिखर सम्मेलनमा सहभागी तथा सम्बोधन हुने कार्यक्रम छ ।रासस

 


Thali Mobile Pvt.Ltd.