भर्खरै : Sorry, your browser does not support inline SVG.
बाँदर धपाउन लालीगुराँस नगरपालिकाले दियो सार्वजनिक बिदा | जेनजी अभियानको माग : मानव अधिकार हननसम्बन्धी प्रतिवेदन तत्काल सार्वजनिक गर | संसदमा हर्क साम्पाङको आक्रोश : “तपाईंहरूले जे भन्यो त्यही हुन्छ ?” | तनहुँको तल्लो सेती जलविद्युत् आयोजनाः प्रवेश सुरुङ निर्माण शुरू | सगरमाथाको शिखरसम्म डोरी टाँग्ने काम सम्पन्न, आरोहणका लागि बाटो खुला | मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक, कार्यविभाजन नियमावलीदेखि भूमि संशोधनसम्म | प्रधानमन्त्री अनुपस्थित भएपछि संसदमा विरोध, प्रतिपक्षद्वारा राजीनामाको माग | अक्टोबर ७ आक्रमण मुद्दाका लागि इजरायलमा विशेष सैन्य अदालत गठन, मृत्युदण्डको व्यवस्था पारित |

एक लाख १० हजार बिरुवा तयार गरिँदै

एक लाख १० हजार बिरुवा तयार गरिँदै

मध्यविन्दु (नवलपरासी), १९ चैत । डिभिजन वन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले एक लाख १० हजारभन्दा बढी बिरुवा तयार गर्ने भएको छ । डिभिजन वन कार्यालय कावासोती र गैँडाकोट सबडिभिजन कार्यालय गरी दुईवटा नर्सरीमा विभिन्न प्रजातिका बिरुवा तयार गरिने भएको हो ।आगामी असारभित्र वृक्षरोपण गर्न एक लाख १० हजार बिरुवा उत्पादन गरिएको डिभिजन वन कार्यालयका प्रमुख वसन्तकेशव अधिकारीले बताए । “नर्सरीमा बाँस, तेजपात, हर्रो, बर्रो, धुपी, कपुर, म्याडगोस्टिक, अशोक, सितलचिनी, निम, रुख कटहर, अम्बा, टाँकी, बडहर, जामुन, कल्की, टिकुमा, टिक, किम्बु, बकाइनो, पिपल,, अमला, लप्सी, चिउरी, भटमास घाँसलगायत बिरुवा छन्”, उनले भने ।

हुर्काएका बिरुवा आगामी असारदेखि वृक्षरोपणका निमित्त निःशुल्क वितरण गरिने भएको छ । गत वर्ष पनि वन कार्यालयमार्फत एक लाख ६० हजार बिरुवा वृक्षरोपणका निम्ति निःशुल्क वितरण गरिएको प्रमुख अधिकारीले जानकारी दिए । “गत वर्ष एक लाख ३० हजार बिरुवा दुईवटा नर्सरीमा तयार गरिएको थियो, बहुवर्षीय र पहिल्यै तयार गरिएको बिरुवा गरेर एक लाख ६० हजार बिरुवा वृक्षरोपणका लागि वितरण गरेका थियौँ ।”नर्सरीमा हुर्काइएका बिरुवा रोपणका निमित्त प्रत्येक वर्ष निःशुल्क वितरण गर्ने गरिएको छ । विशेषगरी निजी जमिनमा बिरुवा माग गर्ने उपभोक्ताले सौन्दर्यजन्य धुपी, कल्की फूल, गोलमोहर, वीरेन्द्र फूल, कपुरजस्ता बिरुवा लैजाने गरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी शिशिर लम्सालले बताए ।

“गत वर्ष बाँकी रहेको २० हजार र बहुवर्षीय २० हजार बिरुवा पनि हाम्रो नर्सरीमा रहेको छ”, उनले भने, “जसमा बहुवर्षीय रुखका बिरुवा, बहुवर्षीय डाले घाँस, बहुवर्षीय फूल, सुगन्धित, जडीबुटीजन्य बिरुवाका साथै भूक्षय, कटान तथा पहिरो रोकथाम उपयोगी बाँस तथा अम्रिसो जातका बिरुवा तयार गरिएको छ ।”वन कार्यालयको नर्सरीबाट प्रत्येक वर्ष बिरुवा उपलब्ध गराउन थालिएसँगै जिल्लामा पछिल्ला वर्ष वृक्षरोपण कार्यमा वृद्धि भएको छ । निजी, सार्वजनिक तथा संस्थागत सबैलाई निःशुल्क बिरुवा उपलब्ध गराउँदा वातावरणीय सन्तुलन, वातावरणीय सौन्दर्यीकरण, भूक्षय तथा कटान रोकथाम, पशुको आहारा घाँस परिपूर्तिमा टेवा पुग्ने अपेक्षा गरिएको सूचना अधिकारी लम्सालले बताए ।“कार्यालयले बिरुवा वितरण गरेसँगै यहाँका विद्यालय, क्लब, टोल सुधार संस्था, धार्मिक मठमन्दिरले समेत वृक्षरोपणमा चासो देखाउन थालेका छन्”, उनले भने, “नर्सरीमा बिरुवा उत्पादन गर्न थालेपछि अन्य जिल्लाबाट पनि यहाँ बिरुवा लिन आउने गरेको छन् ।” रासस

 


Thali Mobile Pvt.Ltd.