एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको सूचना प्रविधिमन्त्री शर्माले गरिन् उद्घाटन

एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको सूचना प्रविधिमन्त्री शर्माले गरिन् उद्घाटन

काठमाडौं । सरकारी निकायको वेबसाइटबीच एकरुपता कायम गर्न एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली लागु हुने भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले औपचारिक कार्यक्रमकाबीच सूचना प्रविधि विभागद्वारा विकास गरिएको एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको उद्घाटन गरेकी हुन् ।

यस प्रणाली अन्तर्गत सूचना तथा प्रशारण विभाग, हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग र मुद्रण विभागका नयाँ वेवसाइटहरु सञ्चालनमा आउने भएका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले सबै सरकारी निकायका आ–आफ्नै वेबसाइटहरु हुने र सर्वसाधारणले सूचना खोज्न पनि झन्झटिलो हुने भएकाले अब एकै प्रणालीमार्फत सरकारी निकायको सूचनाहरु पाउन सकिने अवस्था आएको बताइन् ।

धेरै खर्च कटौती हुने तथा साइबर सुरक्षाको दृष्टिले पनि सुरक्षित हुने उनको भनाइ छ ।

सूचना प्रविधि विभागले निकायगत वेबसाइट व्यवस्थापन गर्नका लागि सरकारी निकायलाई प्रणाली व्यवस्थापक उपलब्ध गराउने र सोही प्रयोगकर्तामार्फत सम्बन्धित निकायले आफ्नो वेबसाइटमा मेनु र उपमेनुहरु थपघट गर्न, नारा तथा लोगो राख्न, ग्यालरी, भिडियो र व्यानर व्यवस्थापन गर्न सक्ने छन् ।

कर्मचारीको विवरण, संगठन संरचना लगायतका कामहरु पनि गर्न सकिने छ । सबै सरकारी निकायहरुको निगरानी, ह्याक हुन सक्ने जोखिम कम गर्न सो को तत्काल जानकारी गराउन वेव मोनिटरिङ प्रणाली समेत सञ्चालनमा ल्याइएको मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

 


Thali Mobile Pvt.Ltd.