भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

एनएमबी बैंक लुट्ने गिरोहका एक व्यक्ति महोत्तरीबाट पक्राउ

एनएमबी बैंक लुट्ने गिरोहका एक व्यक्ति महोत्तरीबाट पक्राउ

काठमाडौं । एनएमबी बैंक लुट्ने गिरोहका एक व्यक्ति महोत्तरीबाट पक्राउ परेका छन् ।  महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकको शाखामा गत जेठ १६ गते दिउँसै ४,५ जनाको हतियारधारी समूहले कर्मचारी तथा सेवाग्राहीलाई हतियार देखाएर १५ लाख रुपैयाँ तथा कर्मचारीका मोबाइल लुटेका लटुरा मध्य एकजना पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी बुधबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । लुटपाट गरी नम्बर नभएको मोटरसाइकलमा उनीहरु फरार भएका थिए ।

लुटपाटमा संलग्न अन्यको पहिचान भइसकेको र चाँडै नै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिने प्रहरीले जनाएको छ । अजयलाई महोत्तरीको मटिहानी नगरपालिका ८ बाट पक्राउ गर्न प्रहरी सफल भएको हो ।

 


Thali Mobile Pvt.Ltd.