भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

ऐतिहासिक सहर भक्तपुरमा महोत्सव हुदै (भिडियो)

ऐतिहासिक सहर भक्तपुरमा महोत्सव हुदै (भिडियो)

भक्तपुर । ऐतिहासिक एवं सास्कृतिक राजधानीको सहर भनेर चिनिने भक्तपुरमा महोत्सव आयोजना हुने भएको छ । सल्लाघारीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजनना गरी पुरातात्विक महत्वको स्थलका रुपमा चिनिएको स्थालमा चैत २३ गतेदेखि सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, तथा व्यापार महोत्सव हुने भएको हो ।

२०८० सालको शुअवसरमा सल्लाघारीको ९९ रोपनी जग्गामा मेला आयोजना हुने भएको औद्योगिक शान्ति नेपालले जनाएको छ । मेलाका लागि मध्यपुर ब्वाईज व्याण्ड र भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोग रहेको छ । चैत्र २३ गतेदेखि वैशाख ३ गते ११ दिनसम्म हुने सो महोत्सबबारे आयोजक संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए ।

उपभोक्तालाई आवश्यक पर्ने सम्पूर्ण सामान मेला स्टलबाटै उपलब्ध गराउने उद्देश्यले नयाँवर्षको अवसरमा महोत्सव आयोजना गरिएको उनको भनाइ छ । मेलामा आवश्यक सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्न सामाग्रीहरु, विभिन्न्न लत्ताकपडा, जुत्ता, कृषि हस्तकलाका सामाग्रीहरु, भाडाकुडा सामाग्री, अटोमोवाइल लगायतका सामानहरु दुईसयभन्दा बढी स्टलमा रहने जनाइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहाेस्…

उपभोक्ताले उपलब्ध ती सामानहरूमा २० देखि ५० प्रतिशतसम्म छुट पाउने व्यवस्था मिलाइएको सस्थाका अध्यक्षले बताए । करिव ५ लाखले मेलाको अवलोकन गर्ने र करिब १२ करोड रुपैया बराबरको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ । मेलामा बाल उद्यानका साथै मनोरञ्जनका स्टलहरू पनि रहने मेला संयोजक दिपक थापाले बताए ।

अन्तरगत रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादुसहित मेलामा दर्जनौं राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको विशेष सांगितिक हाँस्य व्यङ्गय सहितका मनोरञ्जनात्मक कार्यक्रम समेत रहने बताइएको छ । विद्यार्थीलाई ५० रूपैयाँ र अन्य सर्वसाधारणलाई ७० रूपैयाँ शुल्क निर्धारण गरिएको छ ।

मेलाको अवलोकन भक्तपुरमात्र नभएर काठमाण्डौ, ललितपुर, काभ्रेसहित आसपासका जिल्ला तथा देशभरका मानिसको सहभागिता रहने जनाइएको छ । मेलामा पत्रकार, जेष्ठ नागरिक तथा फरक क्षमताका व्यक्तिहरुलाई निशुल्क प्रवेशको व्यवस्था मिलाइने आयोजकको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.