भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

कडा कारबाही गर्ने गृहकाे चेतावनी, प्रचण्ड–माधव पक्षका ९० बढी नेता कार्यकर्ता पक्राउ

कडा कारबाही गर्ने गृहकाे चेतावनी, प्रचण्ड–माधव पक्षका ९० बढी नेता कार्यकर्ता पक्राउ

काठमाडौँ । नेकपा दाहाल–नेपाल पक्षको बन्दले देशभरको जनजीवन प्रभावित भएको छ भने सरकारले अहिले सम्म ९० बढी बन्दकर्तालाई पक्राउ गरेको छ । सडकमा हिड्ने सर्वसाधारणलाई समेत पक्राउ गरेको छ ।

गृहमन्त्रालयले पूर्ववतरूपमा निर्धक्क भएर यातायात व्यवसाय, उद्योगधन्दा तथा पेशा व्यवसाय सञ्चालन गर्न आग्रह गरेपनि प्राय सबै ठप्प भएको छ । संविधान र प्रचलित कानूनविपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, सर्वसाधारण नागरिकले प्रयोग गर्ने यातायात सञ्चालनमा अवरोध नगर्न अनुराेध गरेकाे छ ।

ध्वांसात्मक एवं अवाञ्छित गतिविधि नगर्न अनुरोध गर्दा गर्दै तोडफोडमा उत्रिएको भन्दै गृहले कडा आदेश दिएको जनाएको छ । अझै अवाञ्छित गतिविधि गरेको पाइएमा संलग्न हुनेउपर कडा कानूनी कारवाही गरिने मन्त्रालयले चेतावनी समेत दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.