भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भक्तपुरका २४ परीक्षा केन्द्रबाट एसईई परीक्षामा ६ हजार ७५ विद्यार्थी सामेल

भक्तपुरका २४ परीक्षा केन्द्रबाट एसईई परीक्षामा ६ हजार ७५ विद्यार्थी सामेल

भक्तपुर ।(एसईई आजदेखि सुरु भएको छ । भक्तपुरमा ६ हजार ७५ परीक्षार्थीहरु एसईई परीक्षामा सामेल भएका छन् । जसमा २ हजार ८ सय ९२ जना छात्रा र ३ हजार १ सय ८३ छात्र परीक्षामा सामेल भएको शिक्षा बिकास तथा समन्वय इकाई भक्तपुरका सूचना अधिकारी ध्रुबप्रसाद कोइरालाले बताए ।

परीक्षाका लागि २४ परीक्षा केन्द्र रहेका छन् । परीक्षामा १ सय ३ परीक्षार्थी प्राविधिक धारका छन् भने ६ जना अघिल्लो वर्षको परीक्षाफलको ग्रेड वृद्धि गर्न परीक्षामा सामेल भएका छन् । परीक्षा मर्यादीत ढंगले सम्पन्न हुने शिक्षा बिकास तथा समन्वय इकाईकी प्रमुख कमला ज्ञवालीले बताएकी छन् । परीक्षाको अनुगमन गर्न प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठको नेतृत्वमा सरोकारवाला सम्मिलित टोली पनि खटिएको छ ।

परीक्षा भइरहेकाे हलकाे तस्बिर खिच्न नपाइने निर्णय जिल्ला परीक्षा समन्वय समिति भक्तपुरले गरेकाे छ । शिक्षा विकास तथा समन्वय इकाइसँग समन्वय गरी आधिकारिक परिचय पत्र सहित बाहिरी वातावरणको मात्र पर्यवेक्षण गर्न सकिने ज्ञवालीले बताएकी छन् ।

 


Thali Mobile Pvt.Ltd.