काठमाडौं । न्यायको खोजी गर्दै द्वन्द पीडितहरुले सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेका छन् । वेपत्ता आफन्तको अवस्था अझै सार्वजनिक नगरिएको भन्दै उनीहरुले बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन ।
विस्तृत शान्ति सम्झौंत पूरा भएको १३ वर्ष वितिसक्दा पनि उनीहरुले वेपत्ता आफन्तको अवस्था सरकारले अझै सार्वजनिक गर्न नसकेको प्रति दुख व्यक्त गरेका छन् । पीडितलाई तत्काल परिपुरणको व्यवस्था गर्न तथा पीडकमाथि कडा कारवाही गर्न सरकारलाई पुनः दवाव दिदै प्रदर्शनमा उत्रिएका एका छन् ।
द्वन्दकालका पीडितलाई न्याय दिन र दोषीमाथि कडा कारवाही गर्न सरकारसँग माग गर्दै द्वन्द पीडित साझा चौंतारीका अध्यक्ष भागिराम चौंधरीले सरकारप्रति आक्रोश व्यक्त गरे ।

