भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

किन बढ्दै छ मधेसमा गरिबी ?

किन बढ्दै छ मधेसमा गरिबी ?

सिरहा । देशकै समृद्धिको रुपमा मानिएको मधेसमा पछिल्लो समय गरिबी बढ्दै गएको छ । सुगमता र स्रोतका हिसाब समृद्ध भइपनि मधेसका किसानको अवस्था झन झन गरिबीतीर उन्मुख भैरहेको जानकारहरुले बताएका छन्।

कृषिमा उर्वरता मात्रै होईन भाषा–संस्कृतिमा पनि मधेस सम्पन्नता नै मानिन्छ, तर मधेसका राजनैतिक दल र तीनका नेतृत्वले मधेसका किसानको एजेण्डा नउठाईदिदा किसान गरिबीको ओरालो झरेका हुन्। मधेसको इतिहास हेर्ने हो भनेपनि राज्य संचालनमा अहम भूमिका छ ।

राष्टपति देखि मन्त्री सम्म धेरै नेताले अवसर पाए तर ती सबैले जनताका एजेण्डा भन्दा पनि राजनीतिलाई नै बढावा दिए । जसका कारण मधेसका जनताको आर्थिक एजेण्डा ओझेलमा पुग्यो । कृषिमा आधुनिक प्रणाली तथा औद्योगिकीकरण हुन नसक्दा कृषि उत्पादनमा कमि हुदै गएको लाहानका कृषक जयन यादवको भनाई छ ।

उर्वर जमिनको उत्पादकत्व बढाउन किसानमैत्री नीति तथा कार्यक्रम ल्याउनमा प्रदेश सरकार चिन्तित नभएको उनको गुनासो छ। समृद्धिका प्रशस्त स्रोत हुँदा पनि प्रदेश दुईको मानव विकास सूचकांक अनुसार मधेसको बहुआयामिक गरिबी दर करिब ४८ प्रतिशत छ।

बिरामी हुँदा उपचार गराउन नसक्ने अवस्थालाई बहुआयामिक गरिबीको सूचीमा राखिएको छ भने प्रदेशको नीति आयोगको पञ्चवर्षीय योजनाको आधारपत्रमा बहुआयामिक गरिबी दर ४७ दशमलव नौ प्रतिशत रहेको छ। नेपालको बहुआयामिक गरिबी दर २८ दशमलव ६ प्रतिशत छ।

बहुआयामिक गरिबीमा प्रदेश दुईले दोस्रो नम्बरमा आफुलाई उभ्याएको छ। यस प्रदेशको आर्थिक गरिबी दर २७ दशमलव सात प्रतिशत छ, जहाँ कि नेपालको समग्र आर्थिक गरिबी २५ दशमलव दुई प्रतिशत रहेको छ। आर्थिक गरिबी दरमा प्रदेश दुई तेस्रो नम्बरमा उभिएको छ।

 


Thali Mobile Pvt.Ltd.