भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

बुधबार नेपाल अमेरिकासँग भिड्दै

बुधबार नेपाल अमेरिकासँग भिड्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ विश्वकप छनोटको चौथो खेलमा बुधबार नेपाल अमेरिकासँग भिड्ने भएकाे छ । घरेलु खेल मैदान कीर्तिपुरस्थित त्रिविमा बिहान साढे ९ बजे खेल सुरु हुनेछ । त्रिकोणात्मक सिरिजमा दोस्रो पटक नेपाल र अमेरिका खेल्न लागेका हुन् ।

दुवै टोली सिरिजको सुखद अन्त्य गर्न जित्नै चाहन्छन् । पहिलाे खेलमा नेपालसंग अमेरिका ३५ रनले पराजित भएको थियो । अमेरिकाले सिरिजमा कुनै जित निकाल्न सकेन । ओमानसंग दुवै खेलमा अमेरिका पराजित भएको थियो । यस्तै नेपालले सिरिजका ३ खेल मध्य १ मा जित र २ मा हार ब्यहोरेको छ ।

दुवै पटक ओमानसंग पराजित भएको नेपाल, पहिलो खेलमा १८ रनले पराजित हुदै दोस्रो खेलमा ओमानसंग ८ विकेटले हारेको थियो । ओमान सिरिजमा चारै खेलमा जित निकाल्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । अमेरिका दोस्रो स्थानमा रहँदा नेपाल पुछारबाट दोस्रो स्थानमा छ ।

अमेरिकासंगको पहिलो खेलमा नेपालका युवा खेलाडी कुशल मल्लले डेब्यु गरेका थिए । खेलमा उनले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले । ४९ रन बनाउँदा ५ विकेट गुमेको नेपालको लागि छैठौं र सातौं स्थानमा ब्याटिङ गर्न आएका कुशल र विनोद भण्डारीले नेपाली इनिङ्स उकासेका थिए ।

दुई खेलाडीले ८४ रनको साझेदारी गर्दै नेपालको जितको आधार तयार गरेका थिए । कुशलले ५१ बलमा ५ चौका र ३ छक्का सहित कीर्तिमानी ५० रन बनाए । एकदिवसीय अन्तराष्ट्रियमा अर्धशतक प्रहार गर्ने कुशल सबै भन्दा कम उमेरका खेलाडी बने ।

 


Thali Mobile Pvt.Ltd.