भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

कुनै तुक नभएको हस्ताक्षर अभियान चलाउनु भन्दा संसदमा फेस गर्न साँसद झाक्रीले दिइन् चुनौती

कुनै तुक नभएको हस्ताक्षर अभियान चलाउनु भन्दा संसदमा फेस गर्न साँसद झाक्रीले दिइन् चुनौती

१७ बैशाख २०७७ काठमाडौं । केपी प्रचण्डको हस्ताक्षर अभियान पार्टी फुटाउने खेल भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सांसद रामकुमारी झाँक्रीले बताएकी छन् । हस्ताक्षर अभियान औचित्यहीन भएको उनको भनाइ छ ।

दासढुंगा दुर्घटनामा ज्यान गुमाएका नेता जीवराज आश्रित पत्‍नीलाई पनि बालुवाटार लगेर ओलीले आफ्नो पक्षमा हस्ताक्षर गर्न लगाएको कुराप्रति आक्रोष व्यक्त गरेकी छन्। कमरेडको निधन भएको २५ वर्षसम्म खोजतलास नगर्नेलाई अहिले उनकै पत्‍नीको सही चाहिएछ ?

आश्रित परिवारले यसबीचमा भोगेका अनेक हण्डर र दुखको मतलब नहुनेलाई हस्ताक्षरको खाँचो भयो भन्दै झाक्रिले औचित्यहीन हस्ताक्षर अभियानको तुक नभएको बताइन् । सरकारको नेतृत्व गरिरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा चलाएको हस्ताक्षर अभियानले कुनै अर्थ नराख्ने बताएकी छन्।

बालुवाटारमा हस्ताक्षर अभियान चलाउनु भन्दा बहुमतै प्रमाणित गर्न खोजेको हो भने सीधै संसदमा फेस गर्न चुनौती दिइन् । सांसद झाँक्रीले वार्ताबाट समस्याको समाधान गर्नुपर्नेमा हस्ताक्षर अभियान चलाएर पार्टी फुटाउने खेल खेलेर कुबेलाको बाजा नबजाउन ओलीलाई आग्रह गरिन् ।

याे पनि पढ्नुहाेस्..

ओलीलाई चुनौती

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा बहुमत जुटाउन बालुवाटारमा हस्ताक्षर अभियान चलाएपछि त्यसलाई चुनौती दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि त्यही अभियान थालेका छन् ।

आफ्नो समूहका सांसदहरुलाई बुधबार दिउँसो बालुवाटारमा बोलाएका ओलीले त्यहीँ हस्ताक्षर अभियान चलाएका हुन् । ओली समुहमा स्रोतका अनुसार ९२ जना सांसदले हस्ताक्षर गरिसकेका छन्।

बुधबार साँझ सचिवालय बैठक बस्‍ने भएपछि ओ‌लीले आफ्नो पक्षमा बहुमत रहेको सन्देश दिन खोजेका हुन् । उनको पक्षमा हस्तक्षर गर्न जीवराज आश्रित पत्नी माया ज्ञवाली र रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईलाई पनि बालुवाटारमा बोलाइएको थियो। बुधबार अपरान्ह ५ बजे पार्टीको सचिवालय बैठक बस्‍नुअघि बालुवाटारमा ओली पक्षले गुट बैठक राखेको जिकिर छ ।