भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

कोरोनाका शंकास्पद दुई बिरामीलाई टेकु अस्पताल पठाईयो

कोरोनाका शंकास्पद दुई बिरामीलाई टेकु अस्पताल पठाईयो

काठमाडौं । कोरोना भाइरसका शंकास्पद बिरामीले टेकु अस्पतालको आइसोलेसन वार्ड भरिएको छ । विदेशबाट आएका शंकास्पद बिरामी बढ्न थालेपछि आइसोलेसन वार्ड भरिएको हो ।

केही दिनयाता दैनिक दुईदेखि तीनजना शंकास्पद बिरामीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाउने गरिएको त्रिभुवन विमानस्थल हेल्थ डेक्सले बताएको छ ।

विमानस्थलबाट दुईजना कोरोना भाइरसका शंकास्पद बिरामी टेकु अस्पताल पठाइको छ। कुवेत र कतारबाट आएकालाई हेल्थ डेक्समा परीक्षण गर्दा रुघाखोकीसहित उच्च ज्वरो देखिएपछि टेकु पठाइएको हो । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि विमानस्थ हेल्थ डेक्समा यात्रुको निगरानी कडा बनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.