भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

कोरोना भाइरसको आशंकामा भर्ना भएका एक विरामी अस्पतालबाट ‘फरार’

कोरोना भाइरसको आशंकामा भर्ना भएका एक विरामी अस्पतालबाट ‘फरार’

काठमाडौं । कोरोना भाइरसको संक्रमण भएको आशंकामा भर्ना गरिएका एक जना विरामी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट फरार भएका छन् । ती व्यक्ति गएराति अस्पतालबाट भागेको जानकारी पाएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

मंगलबार कोरियाबाट फर्किएका इटहरीका ती व्यक्तिलाई उनको परिवारले कोरोनाको आशंकामा टेकु अस्पताल लगेका थिए । चेकजाँचका लागि अस्पतालले उनलाई भर्ना गरेको थियो । गएराति साढे १० बजेतिर अस्पतालको पछाडिपट्टीको झ्यालबाट भागेको प्रवक्ता डीएसपी होविन्द्र बोगटीले बताए ।

अस्पतालले प्रहरीलाई जानकारी गराएपछि उनको खोजी कार्य भएको बोगटीले बताए । अहिले सम्म फेला नपरेको र परिवारको सम्पर्कमा पनि नरहेको बोगटीले बताए। रिपोर्ट आउन बाँकी रहेकाले कोरोना भए–नभएको पुष्टि नभएको अस्पताल स्रोतले बतायो ।

 


Thali Mobile Pvt.Ltd.