भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

कोरोना रोकथाममा ६ अर्ब ३ करोड खर्च भैसक्यो याे खर्च अझै बढ्छ : स्वास्थ्यमन्त्री

कोरोना रोकथाममा ६ अर्ब ३ करोड खर्च भैसक्यो याे खर्च अझै बढ्छ : स्वास्थ्यमन्त्री

२६ जेठ २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म ६ अर्ब ३ करोड खर्च भएको बताएका छन् ।

प्रतिनिधिसभा सोमबारको बैठकमा मन्त्रालयगत विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरुले राखेको प्रश्नको उत्तर दिँदै उनले संघ, प्रदेश र स्थानीय सरकारबाट खर्च भएको विवरण प्रस्तुत गरेका हुन् ।

भएको खर्चमध्ये २ सय ७६ करोड स्थानीय तहबाट, प्रदेशको तर्फबाट १ सय ८ करोड र संघको तर्फबाट ६ सय ३ करोड खर्च भएको जिकिर गरे । यो खर्चमा ६ सय ४१ वटा पालिकाको खर्च मात्रै समावेश भएका र सबै पालिकाको खर्च जोड्दा अझै बढ्न सक्ने मन्त्री ढकाले बताए ।

सांसदहरुले कोरोना नियन्त्रणमा भएको भनिएको १० अर्ब रुपैयाँ खर्चमा प्रश्‍न उठाएपछि मन्त्री ढकालले सरकारको तहगत खर्च विवरण प्रस्तुत गरेका हुन् । उनले सरकारी निकायबाट भएको खर्च प्रक्रिया पुरा गरेर जो सुकैले हेर्न सक्ने बताए ।