भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

कोरोना संक्रमणबाट दैलेखमा एक जनाको मृत्यु भएसंगै नेपालमा मृतकको संख्या ७ पुग्यो

कोरोना संक्रमणबाट दैलेखमा एक जनाको मृत्यु भएसंगै नेपालमा मृतकको संख्या ७ पुग्यो

१७ जेठ २०७७, दैलेख । दुल्लु स्थित क्‍वारेन्टाइनमा मृत्यु भएका पुरुषको कोरोना संक्रमण रिर्पोट पोजेटिभ आएको छ। शनिबार बिहान ज्यान गुमाएका ती ४० वर्षीय पुरुषको स्वाव जुम्लामा परीक्षण गरिएको थियो ।

१० दिनअघि भारतबाट आएर दुल्लुस्थित क्‍वारेन्टाइनमा बस्दै आएका उनी दुल्लु नगरपालिका ११ का पुरुष हुन । कोरोना परिक्षणका लागि ३ दिन अघि स्वाब संकलन गरि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको थियो ।

गम्भीर बिरामी परेका उनलाई अस्पताल लगिएन जब सिकिस्तै भए तब जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले क्‍वारेन्टाइनमा आएर चेकजाँच गरेका थिए । अस्पताल लगेर उपचार नगरिँदा उनले ज्यान गुमाउन पुगे ।

dailekhक्‍वारेन्टाइनमा बेहोस भएपछि त्यहीँ उनको उपचार गरियो । क्‍वारेन्टाइनमै उपचारका क्रममा शनिवार बिहान मुत्यु भएको दुल्लु अस्पतालकी प्रमुख डा.पूजा बिसीले बताइन् । दैलेखमा क्‍वारेन्टाइन व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । धेरै क्वारेन्टाइनमा भारतबाट आएका नागरिक कोचिएर बस्नु परेको छ ।

 


Thali Mobile Pvt.Ltd.