भर्खरै : Sorry, your browser does not support inline SVG.

कोरोना सङ्क्रमण मुक्त भयाे जुम्ला

कोरोना सङ्क्रमण मुक्त भयाे जुम्ला

१२ साउन २०७७ जुम्ला । कोरोना भाइरस सङ्क्रमण मुक्त हुदा जुम्ली खुसी भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेका एक जना सङ्क्रमित निको भएर घर फर्केपछि जिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको हो ।

अझै कोरोनाको जोखिम कायम रहेको हुँदा सावधानि अपनाउन प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा निरज थापाले आग्रह गरे । प्रतिष्ठानले हालसम्म करिव २० जनाको पिसिआर परीक्षण गरिसकेको जनाएको छ । आइसोलेसनमा बाँकी रहेका एक जनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि सङ्क्रमितको सङ्ख्या शून्य भएको हो ।

सबै पक्षको सहयोगले नतिजा शुन्यमा झरेको तर परीक्षण दायरा बढाउँदा अझै भेटिन सक्ने भन्दै सबै सजग हुनुपर्ने प्रतिष्ठानका कोरोना फोकल पर्सन प्राडा धीरज गुरुङले बताए । हुम्ला, मुगु, दैलेख, कालीकोटसहित आवश्यकता परेको स्थानमा काम गर्न चिकित्सक, स्वास्थ्यकर्मी, परिचालन भएको जानकारी प्रतिष्ठानले दिएको छ । सङ्क्रमित शून्य भएपछि कोभिडविरुद्धको अभियानमा काम गर्ने सबै स्वास्थ्यकर्मीलाई आइतबार सम्मान समेत गरिएको थियो ।

Mohotsav


Thali Mobile Pvt.Ltd.