भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

गाईबाट फैलियो नयाँ रोग

गाईबाट फैलियो नयाँ रोग

६ साउन २०७७ । गाईमा नयाँ किसिमको सङ्क्रामक रोगको प्रकोप बढ्दै गएको पशुरोग चिकित्सकले बताएका छन् । कुन रोग हो भन्ने अहिले सम्म पहिचान हुन नसकेकोले सीमावर्ती इलाकाका गाईहरू थला पर्न थालेका छन् ।मोरङमा करिब एक दर्जन सोही रोगबाट गाई मरेका छन् ।

रोग लागेपछि गाईले दुध दिन छोड्ने गरेको पशुरोग चिकित्सकले बताएका छन् । गाईको शरीरभरि घाउ हुने, घाउ फुटेर तरल पदार्थ बगिरहेने, गाईलाई उठ्न र बस्न समेत गाह्रो हुने, गाई छट्पटाउँने, धेरै ज्वरो आउने, गाईको खुट्टा सुन्निने जस्ता लक्षण देखा पर्ने गरेको छ । झापा, मोरङ, सुनसरी तथा सप्तरी जिल्लामा यो रोग फैलिएको पशुपन्छी अन्वेषण प्रयोगशाला विराटनगरले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.