भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

घर भेटघाटमा गएका साँसद १४ दिन क्वारेन्टिनमा

घर भेटघाटमा गएका साँसद १४ दिन क्वारेन्टिनमा

८ असार २०७७, भोजपुर । घर भेटघाटमा गएका प्रतिनिधिसभा साँसद सुदन किराँती गृह जिल्लामा १४ दिन क्वारेन्टिनमा बसेका छन् । रामप्रसादराई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा उनी बसेका हुन् । कोरोनाको जोखिमलाई ध्यानमा राख्दै बाहिरबाट आएका मानिसलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था अनुसार उनी क्वारेन्टिनमा बसेको सांसद किराँतीले बताए ।

गाउँपालिकाले ओख्रेमा निर्माण गरेको क्वारेन्टिनमा बसेको भन्दै किराँतीले सरकारले जारी गरेको निर्णय पालना नगर्ने प्रवृत्ति बढ्दै गएकाले त्यसको अनिवार्यरुपमा पालन गर्नुपर्ने बताए । जनताको समस्यालाई नजिकबाट नियाल्दै आफु क्वारेन्टिनमा बसेर सरकारको नियम पालना गरिरहेको उनको भनाई छ । अहिले स्थानीय तहहरुले निर्माण गरेका क्वारेन्टिनलाई व्यवस्थित बनाउनमा पहल गर्ने समेत किराँतीको भनाइ छ ।

राजधानीमा रहेर जनतालाई राहत वितरणदेखि लिएर संसद्मा जिल्लाका विभिन्न समस्याका विषयमा सरकारको ध्यानाकर्षण गराएपश्चात् किराँती जिल्लाको पछिल्लो अवस्था बारे जानकारी लिन गृहजिल्ला पुगेका हुन् । निम्नस्तरका निमुखा मानिस मात्र क्वारेन्टिनमा बस्नुपर्ने जनगुनासो स्थानीयवासीबाट आएपछि त्यसलाई नजिकबाट नियाल्न सहयोग पुगेको उनको भनाइ छ । क्वारेन्टिनमा बस्ने क्रममा प्रतीक्षालय, शौचालय निर्माणसँगै क्वारेन्टिन आसपासमा सूचनामूलक सामग्रीसमेत टाँस गरिएको उनले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.