भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

चार वटा शवसहित ४०९ नेपाली स्वदेश फर्किए

चार वटा शवसहित ४०९ नेपाली स्वदेश फर्किए

काठमाडौं । दुई चार्टर्ड उडानमार्फत ४०९ नेपाली स्वदेश फर्किएका छन् । आज नेपाल एयरलाइन्सले दुबईबाट २५४ यात्रु तथा चार शव नेपाल ल्याएको छ भने हिमालय एयरलाइन्सले अबुधाबीबाट १५५ यात्रु र एक बच्चा काठमाडौँ ल्याएको छ ।

थप नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले दोहाबाट समान एक उडान गर्नेछन् । दुवै एयरलाइन्सका जहाज आज राति त्यसतर्फ प्रस्थान गर्ने विमानस्थलले जनाएको छ । मङ्गलबार पनि नेपाल एयरलाइन्सका दुई र हिमालय एयरलाइन्सका दुई तथा एयर अरेबियाको एक गरी पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुनेछन् ।

नेपाल एयरलाइन्सले दोहा र कुवेतबाट तथा हिमालयले दोहा र चीनको कुनमिङबाट नेपाली फर्काउने छ । एयर अरेबियाले सारजाहबाट नेपालीलाई घर फर्काउने उडान तालिका रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.