चिनियाँ अर्बपति ज्याक मा किन गए पाकिस्तान

चिनियाँ अर्बपति ज्याक मा किन गए पाकिस्तान

काठमाडौं । चिनियाँ अर्बपति ज्याक मा काठमाडौंबाट पाकिस्तान प्रस्थान गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ज्याक मा पाकिस्तानको लाहौर प्रस्थान गरेका हुन् ।

गत मंगलबार सिंगापुरबाट बंगलादेशको भीपीसीएमए विमान चर्टर गरेर नेपाल आएका उनी बिहीबार पाकिस्तान प्रस्थान गरेका हुन् ।

पर्यटक भिसामा नेपाल आएका ज्याक मा विश्व चर्चित कम्पनी अलिबाबाका संस्थापक हुन् ।

नेपाल बसाइका क्रममा भक्तपुर दरबार स्क्वायर र स्वयम्भूको भ्रमण गरेका उनी नेपाल आउनुको कारण खुलाएनन् ।

 


Thali Mobile Pvt.Ltd.