भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चुरेभावर क्षेत्रको चोर बाटो हुँदै रोडा ढुंगाको अवैध कारोवार

चुरेभावर क्षेत्रको चोर बाटो हुँदै रोडा ढुंगाको अवैध कारोवार

सिन्धुली । नेपाल भारत सिमा क्षेत्रबाट नदीजन्य रोडा ढुंगाहरु भारततर्फ चोरी निकासी भइरहेको छ । सिन्धुलीको कमलानदी आसपास र चुरे भावर क्षेत्रको सिन्धुली, सर्लाही र महोत्तरी जिल्लाको सिमा क्षेत्रबाट रोडा ढुंगाहरु भारततर्फ निकासी हनु थालेको हो ।

भारतीय क्षेत्रको भिठ्ठामोड, सुरसण्ड नाकाबाट भने भारतीय नम्बर प्लेटका ट्रक र ट्रिपरहरुमा ती ढुङगाहरु लोड भएर भारतीय सिमा क्षेत्रमा खुलेआम रुपमा बिक्री भएको खुलेको छ । यसरी जिल्लाहरुबाट अनियन्त्रित रुपमा ढुङगा गिट्टी, बालुवा भारत निकासी भएपछि स्थानीयस्तरमा सञ्चालित विकास निर्माणका योजना प्रभावित हुन थालेका छन् ।

राति र साँझको समयमा चुरेभावर क्षेत्रको चोर बाटो हुँदै रोडा ढुंगाको अवैध कारोवार गर्नेहरुले विकास निर्माणको कामका लागि भन्दै सर्लाही र महोत्तरीका सग्रामपुर, सम्सी हुँदै भारतीय सिमा क्षेत्रमा पु¥याउने गरेका हुन् ।

कमलानदी क्षेत्रका विभिन्न स्थानबाट ढुङगा संकलन गरेर ट्रिफर र ट्रयाक्टरमा लोड गरी महोतरीको रातुखोलाको कालापानी ,बर्दिबास क्षेत्रमा अनलोड गर्ने गरेका देखिएका छन् । त्यहाँबाट ठूला ट्रिपरहरुमा लोड गरेर महोत्तरीकै औरही, रामगोपालपुर हुँदै भारतीय सिमा क्षेत्र पु¥याउने गर्दछन् ।

 


Thali Mobile Pvt.Ltd.