भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

जमुनाह नाकाबाट तीन लाखसहित एक भारतीय पक्राउ

जमुनाह नाकाबाट तीन लाखसहित एक भारतीय पक्राउ

नेपालगञ्ज । बाँकेको सीमावर्ती क्षेत्र जमुनाह नाकाबाट नेपाली रु तीन लाखसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

युपी ३२ एलएच ३७०४ नंको भारतीय मोटरसाइकलबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको सीमा सुरक्षा गुल्म, जमुनाहाले जनाएको छ ।

भारतको बहराइच जिल्लाका ३० वर्षीय इस्तियाक अहमदलाई प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी) जमुनाह बाँकेले नियन्त्रणमा लिएको थियो ।

भारतबाट मोटरसाइलमा नेपालतर्फ आउँदै गरेका अहमदको साथमा फेला परेको सो रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिएका उनलाई बरामद रकम र मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि

नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा बुझाइएको छ । मोटरसाइकलको भन्सार दाखिला मूल्य रु दुई लाख रहेको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.