भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

जेष्ठ नागरिकहरुलाई निःशुल्क मोवाइल वितरण गरिने

जेष्ठ नागरिकहरुलाई निःशुल्क मोवाइल वितरण गरिने

भक्तपुर । ७५ वर्ष पूरा गरेका जेष्ठ नागरिकहरुलाई सूर्यविनायक नगरपालिका वडा नं ८ ले निःशुल्क मोवाइल वितरण गर्ने भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलमा रहेका जेष्ठ नागरिकहरुलाई प्रतिव्यक्ति मोवाइल सेट एक थान र नेपाल टेलिकमको एउटा–एउटा सिमकार्ड वितरण गर्ने भएको हो ।

वडा कार्यालयले जारी गरेको सूचना अनुसार असार मसान्तभित्र ७५ वर्ष पूरा गरेका जेष्ठ नागरिकलाई वितरण गरिने जनाएको छ । मोवाइल कति मूल्य पर्ने वितरण गर्ने हो त्यो भने खुलाइएको छैन । मोवाइल वितरण गर्ने कार्यलाई अर्को आर्थिक वर्ष पनि निरन्तरता दिने सूचनामा उल्लेख छ । यसको लागि नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो वडा कार्यालयमा बुझाउन सूचनामा भनिएको छ ।

 


Thali Mobile Pvt.Ltd.