भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

टोखामा आगलागीबाट एक करोडको क्षति

टोखामा आगलागीबाट एक करोडको क्षति

काठमाडौं । काठमाडौंको टोखामा आगलागी हुँदा एक करोड बराबरको क्षति भएको छ।
टोखा नगरपालिका–८ मिलनटोलस्थित मिलन बजारमा गए राति धर्मराज डङ्गोलको मासु पसलमा ग्यास लिक भइ आगलागी भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आगलागीबाट पाँच पसलमा रहेका सामान नष्ट भएका छन्। तीन खाली सटरसमेत जलेर नष्ट भएका छन्।

आगालागीबाट कमला तामाङले सञ्चालन गरेको जुत्ता पसल जल्दा १६ लाख, मुना थापाले सञ्चालन गरेको फेन्सी पसल जल्दा ३५ लाख, प्रदीप लम्सालले सञ्चालन गरेको डेरी जल्दा दुई लाख, विकास श्रेष्ठले सञ्चालन गरेको सिलाइ कपडा पसल जल्दा दुई लाख, मधु न्यौपानेले सञ्चालन गरेको मोबाइल पसल जल्दा २० लाख र धर्मराज डङ्गोलले सञ्चालन गरेको मासु पसल जल्दा २५ लाखको क्षति भएको रिजालले जानकारी दिए।
यस्तै श्याम श्रेष्ठ, टेकराज पोखरेल र धनबहादुर बस्नेतको पसलको सटरसमेत जलेर नष्ट भएको छ। नेपाल प्रहरी, स्थानीयबासी र दमकलको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.