भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

ट्यांकरको ठक्करबाट भक्तपुरमा एकको मृत्यु, तीन घाइते

ट्यांकरको ठक्करबाट भक्तपुरमा एकको मृत्यु, तीन घाइते

भक्तपुर । पेट्रोलियम पदार्थ बोकेको बा ३ ख ५३२२ नम्बरको ट्यांकरले बा २१ च ८८०५ नम्बरको पानीको जार बोकेको मिनिभ्यानलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना भाइते भएका छन् ।

दुर्घटनामा घाइते भ्यानका चालक झापा अर्जुनधारा नगरपालिका–२ का २६ वर्षीय मिलन मगरको डा.इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

अरनिको राजमार्गअन्तर्गत जगातीबाट साँगातर्फ जाँदै गरेको ट्यांकरले भक्तपुरतर्फ आउदै गरेको भ्यानलाई बाँसघारीमा ठक्कर दिँदा मिनिभ्यानका सहचालक मोरङ अमरदहका गाउपालिका–८ घरभइ हाल काठमाडौं जोरपाटी बस्ने १५ वर्षीय विवेक राजवंशी गम्भिर घाईते भएका छन् ।

मिनिभ्यानमा सवार काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–६ साँगाकी २२ वर्षीया सिर्जना तामाङ र उहाँका १९ महिने छोरा मेडिज तामाङ घाइते भएका छन् । दुर्घटनापछि फरार ट्यांकर चालकको भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.