सुर्खेत । वीरेन्द्रनगर नगरपालिका –१० स्थित बामेखोलामा युवाहरूबीच झडप हुँदा २१ वर्षीय रोशन जिसीको मृत्यु भएको हो।
जिसीलाई केही युवाहरूले कुटपिट गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार झडपका क्रममा घाइते भएका जिसीलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याइएको थियो ।
लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । घटनामा संलग्न युवाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
‘जिसीलाई अस्पताल पुर्याउने व्यक्तिहरुसँग घटनाबारे सोधपुछ गरिरहेका छौं । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।
