भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

तीव्र गतिमा गुड्ने सवारीसाधनलाई ठाउँको ठाउँ कारबाही

तीव्र गतिमा गुड्ने सवारीसाधनलाई ठाउँको ठाउँ कारबाही

बाँके । बाँके राष्ट्रिय निकुञ्जले राजमार्ग क्षेत्रमा भेइकल ट्राकिङ एण्ड रिकग्नाइजेसन सिस्टम (भीटीआरएस) जडान गरेपछि तीव्रगतिमा गुड्ने सवारीसाधन धमाधम कारबाहीमा पर्दै आएका छन् ।

पूर्व पश्चिम राजमार्गको ७२ किलोमिटरमा फैलिएको बाँके राष्ट्रिय निकुञ्जमा तीब्र गतिमा गुड्ने सवारीसाधनले संरक्षित जनावरलाई ठक्कर दिने भएकाले भीटीआरएस प्रविधि जडान गरिएको निकुञ्जले जनाएको छ ।

पश्चिममा प्रगतिनगर र पूर्वमा शिवखोलामा क्यामेरा राखिएको छ भने पश्चिमबाट जाने गाडीलाई प्रगतिनगरमा रहेको क्यामेराले क्याप्चर गर्ने व्यवस्था मिलाइएको छ। क्यामेराबाट शिवखोलामा खटिएको सुरक्षाकर्मीकहाँ म्यासेज जाने सिस्टम छ ।

निकुञ्जभित्रको राजमार्ग क्षेत्रमा प्रतिघण्टा ४० किलोमिटरको गतिमा सवारी गुड्ने नियम बनाइएको छ । प्रतिघण्टा ६० किलोमिटरभन्दा तीव्र गतिमा गुडेका सवारीसाधनलाई अहिले ठाउँको ठाउँ कारबाही गरिदै आएको छ।

प्रगतिनगरबाट प्रवेश गरेका गाडीलाई शिवखोला र शिवखोलाबाट प्रवेश गरेका गाडीलाई प्रगतिनगरमा रोकेर कारबाही गरिदै आएको छ। भीटीआरएस प्रविधि जडान गरेपछि निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले गाडी नम्बर टिप्नुपर्ने झन्झटबाट मुक्ति पाएको छ भने गाडी इन्ट्री गर्दा हुने भीडको समस्या हटेको छ।

भीटीआरएस प्रविधि जडान गरेको एक महिना नपुग्दै धेरै सवारीसाधन कारबाहीमा परेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) श्यामकुमार शाहले बताए।

 


Thali Mobile Pvt.Ltd.