भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

दैलेखका थप २५ जनासंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ३६४ पुग्यो (भिडियो)

दैलेखका थप २५ जनासंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ३६४ पुग्यो (भिडियो)

२८ जेठ २०७७ बुधबार, काठमाडौं । नेपालमा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २७९ जनामा संक्रमण देखिएको हो। आज थपिएका २७९ सहित नेपालमा संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए । संक्रमित मध्ये ४ हजार ५५ जना पुरुष र ३ सय ९ जना महिला छन्।

नेपालमा हालसम्म ६७४ जना उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा ९० जना डिस्चार्ज भएका हुन् ।
देशका ७२ जिल्लामा संक्रमण देखिएको छ ।

कर्णालीमा कोरोना संक्रमितको संख्या ७ सय नाघ्याे

पछिल्लो २४ घण्टामा ३७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या कर्णाली प्रदेशमा ७ सय ८ पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार प्रदेश अस्पताल सुर्खेतको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका २५ जना, सुर्खेतमा ९ जना र जाजरकोटका ३ जनामा कोरोना पुष्टि भएको हो ।

हेर्नुहाेस भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/936183423516187/

यस्तै सुर्खेतको बराहताल गाउँपालिकाका(४ का एक जना, गुर्भाकोट नगरपालिका वडा नम्बर १२ का दुई जना, १४ का पाँच जना, सिम्ता गाउँपालिका(३ का एक जनामा कोरोना पुष्टि भएको छ । जाजरकोटको छेडागाड नगरपालिका(१२ का दुई जना र शिवालय गाउँपालिका १ का एक जनामा संक्रमण देखिएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आइसोलेसनमा रहेका १८ जना कोरोना संक्रमित निको घर फर्किएको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा। लक्ष्मिनारायण तिवारीले बताए । यो सँगै कर्णाली प्रदेशका २९ जनाले कोरोना जितेर घर फर्किएका छन् । कोरोना संक्रमण पुष्टि भएका मध्ये ३ जनाको मृत्यु भएको छ ।

दैलेखमा संक्रमितको संख्या ३८६

दैलेखमा थप २५ जना नयाँ कोरोना संक्रमितसंगै संक्रमितकाे संख्या ३ सय ८६ पुगेको छ । डुङ्गेश्वर गाउँपालिकाका २५ जनासहित संक्रमितको संख्या ३८६ पुगेको हो । संक्रमितमध्ये नारायणका १९४, दुल्लुका ३९, चामुण्डाविन्द्रासैनीका १ र आठबीस नगरपालिकाका २ जना छन् ।

डुङ्गेश्वरका २८, महाबुका एक सय ८, भैरबीका २, गुराँसका २ र नौमूले गाउँपालिकाका १० जना छन् । तीमध्ये चारजना निको भएर घर फर्किएका छन् भने एकजनाको मृत्यु भएको छ ।dailekh corona