धेरैजसो ठाउँहरु विद्रोही सेनाले कब्जामा

धेरैजसो ठाउँहरु विद्रोही सेनाले कब्जामा

एजेन्सी । म्यानमारको सेनाले म्यावड्डी शहरु कब्जा गरेको छ । म्यानमारको विद्रोही सेनाले थाइल्याण्डसँग सिमाना जोडिएको म्यावड्डी सहर आफ्नो कब्जामा लगेको हो ।
थाइल्याण्डसँग म्यानमारको धेरैजसो स्थल व्यापार म्यावड्डी सहर बाट हुने भएकोले पछिल्लो हार सेनाका लागि ठूलो धक्का रहेको बीबीसीले जनाएको छ ।

म्यानमारको क्यारन विद्रोही सेनाले सैन्य कु को विरोधमा लडाइँ गरिरहेको छ । तीन वर्षअघि म्यानमारको सत्ता कब्जा गरेको सैन्य शासकका लागि यो अर्को ठूलो हार हो ।

केही महिनाअघि चीनको सीमा नजिकको शान राज्य र बंगलादेशको सीमा नजिकको रखाइन राज्यका धेरैजसो ठाउँ पनि विद्रोही सेनाले कब्जा गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.