भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

नयाँ ३ जनासहित नेपालमा कोरोना संक्रमितको संख्या ९ पुग्यो

नयाँ ३ जनासहित नेपालमा कोरोना संक्रमितको संख्या ९ पुग्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ जना नयाँ व्यक्तिमा संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । मन्त्रालयले मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय युवक, भारतको उत्तराखण्डबाट कञ्चनपुर फर्किएका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा कोरोना संक्रमण देखिएका ३४ वर्षीय पुरुषका आफन्त ३४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको आफ्नो फेसवुक पेजमा उल्यख गरेको छ ।

नेपालमा चौथो संक्रमितको रुपमा कोरोना पोजेटिभ देखिएका कैलाली धनगढीका युवाकी भाउजुमा कोरोना संक्रमण देखिएको हो । दुबईबाट नेपाल आएका ३५ वर्षीय युवक चैत ११ गते सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका उनको स्वाव परीक्षण गर्ने क्रममा कोरोना पोजेटिभ देखिएको थियो ।

लगतै स्थानीय प्रशासनले उनको परिवारका सदस्यहरुलाई समेत आइसोलेसनमा भर्ना गरेको थियो । परिवारका सदस्यहरुको स्वाव संकलन गरी परीक्षणका क्रममा उनकी भाउजु नाता पर्ने ३४ वर्षीया महिलामा पोजेटिभ देखिएको हो । भारतबाट आएका २ अन्य युवामा पनि कोरोनाको संक्रमण देखिएको छ ।

कोरोना संक्रमण देखिएकामध्ये कञ्चनपुरका ४१ वर्षीय पुरुष भने लुकेर सीमा नाकाबाट भित्र छिरेको बताईएको छ । भारतको उत्तराखण्डबाट नेपाल भित्रिएका उनी उच्च ज्वरो आए पछि अस्पतालको सम्पर्कमा आएका थिए । उनीसँगै अन्य करिब ४ जना पनि लुकिछिपी सीमाबाट नेपाल प्रवेश गरेका जनाइएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भने उनीहरुको खोजी भइरहेको जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.