भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

नाग पञ्चमीः मूलढोकामा नागको चित्र टाँसी पूजा गरिदै

नाग पञ्चमीः मूलढोकामा नागको चित्र टाँसी पूजा गरिदै

काठमाडौ । घरका मँलढोकामा नागको तस्बिर टाँसेर पँजाआजा गर्दै आज नाग पञ्चमी पर्व मनाइँदै छ । श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी मनाउने गरिन्छ । यस दिन घरका मँल ढोकामाथि नागका तस्बिरमा दही, दुबो, लाजासहित चन्दन अक्षता नैवेध धँपदीप गरी विधिपँर्वक पँजा गर्ने चलन छ ।

यसरी घरघरमा नागका तस्बिर टाँस्नाले मेघ, सर्प र अग्निको भय नहुने धार्मिक विश्वास छ । नागका अष्टकुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंखनाग पँजा पञ्चमीका दिन गरिन्छ ।

बिहानै स्नान गरी गार्ईको गोबर अथवा गहुँको पिठोबाट निर्मित वा कागजमा बनाइएको नागलाई दियो, कलश, गणेश पँजा गरी दही, दुबो, कुश, फँल, सिन्दँर, चन्दनले पँजा गरिन्छ । नाग पँजा गरी, धँपदीप, नैवैद्यसहित प्रार्थना गरी घरमा वा घरका ढोकामा टाँस्नाले कालसर्प आदि गरिएको योग नष्ट हुने विश्वास छ ।

आजको दिन काठमाडौं नक्सालको नागपोखरीमा मेला लाग्ने गरेको छ । नागपोखरीबाहेक कर्कोटक नागको बासस्थानका रूपमा परिचित काठमाडौं टौदह, कालीनागको बासस्थान ललितपुर धापाखेल नागदह, भक्तपुर सिद्धपोखरी, पनौतीलगायत विभिन्न दहमा मेला लाग्ने गर्छ ।