भर्खरै : Sorry, your browser does not support inline SVG.
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए |

भारत ५ विकेटले पराजित

भारत ५ विकेटले पराजित

काठमाडौं । वेस्ट इन्डिजले दोस्रो टी २० खेलमा भारतलाई ५ विकेटले पराजित गर्दै पाँच खेलको शृंखला १–१ को बराबरीमा पुर्‍याएको छ । १३९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो ।

ब्रेन्डन किंगले सर्वाधिक ६८ रन बनाए । भारतका अर्शदीपसिंह, रविन्द्र जडेजा, रविचन्द्रन आश्विन, आवेश खान र हार्दिक पान्ड्याले एक एक विकेट लिए । त्यस अघि टस हारेर पहिला ब्याटिङ गरेको भारत १९.४ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमा समेटियो ।

भारतका हार्दिक पान्ड्याले सर्वाधिक ३१ रन बनाए। यस्तै, रविन्द्र जडेजाले २७ र ऋषभ पन्तले २४ रनको योगदान गरे । तीव्र गतिका बलर ओबेद म्याककोयको कीर्तिमानी ६ विकेटसँगै भारतका कुनै पनि ब्याटर खुलेर खेल्न सकेनन् । पहिलो खेलमा भारत ६८ रनले विजयी भएको थियो । अब तेस्रो खेल मंगलबार हुनेछ।

 


Thali Mobile Pvt.Ltd.