भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

नागरिक उड्डयन राज्यमन्त्री जनरल विजयकुमार सिंह नेपाल आउने

नागरिक उड्डयन राज्यमन्त्री जनरल विजयकुमार सिंह नेपाल आउने

काठमाडौ  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले यही भदौ २३ र २४ मा आयोजना गर्ने पूर्वाधार सम्मेलनमा सहभागी हुन भारत सरकारको सडक यातायात, राजमार्ग तथा नागरिक उड्डयन राज्यमन्त्री जनरल विजयकुमार सिंह आउने भएका छन् ।

परिसंघले सिंहलाई गेस्ट अफ अनरका रूपमा सहभागी हुन परिसंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समेत औपचारिक निमन्त्रणा गरिसकेका छन् । परिसंघका तर्फबाट अध्यक्ष विष्णुकुमार अग्रवालले नयाँ दिल्लीस्थित मन्त्रालयमा राज्यमन्त्री सिंहलाई भेटेर निमन्त्रणा दिएका हुन् ।मन्त्रालयले यस अघि नै निमन्त्रणा पठाएको थियो ।

सम्मेलनमा २५ भन्दा बढी देशबाट कम्तीमा एक हजार जनाको सहभागिता रहने परिसंघले जारी विज्ञप्तिमा जनाइएको छ । ‘यसै परिप्रेक्ष्यमा भारतले पूर्वाधार विकासको क्षेत्रमा हासिल गरेको सफलताले नेपाली नीति निर्माता तथा उद्यमीलाई नयाँ शिराबाट सोच्न प्रेरित गर्ने अपेक्षा गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘भारतीय पूर्वाधार विकासको अभियानमा एक नेतृत्वकर्ताका रूपमा रहेका राज्यमन्त्री सिंहको उपस्थितिले नेपाललाई अत्यावश्यक पूर्वाधार विकासका लागि घचघच्याउने विश्वास लिएका छौं ।

नेपाल भूपरिवेष्टित मुलुक भएकाले भारतीय पूर्वाधारसँगको सम्पर्क अपरिहार्य रहेको सन्दर्भमा पूर्वाधारमा भारतले हासिल गरेको सफलतालाई सहजै नेपालमा अनुसरण गर्न सकिन्छ ।

 


Thali Mobile Pvt.Ltd.