भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

निजी पूर्वाधार निर्माणमा रोक

निजी पूर्वाधार निर्माणमा रोक

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदुषण बढेपछि निजी पूर्वाधार निर्माणमा रोक लगाइएको छ । सरकारले धुलो तथा धुँवा उत्सर्जन कम गर्नका लागि निर्माण सम्बन्धी काममा रोक लगाएको हो ।

दिल्लीमा हरेक वर्ष जाडो याममा वायु प्रदुषण हुँदै आएको छ । सवारी साधनले उत्सर्जन गर्ने धुँवा र खेतमा पराल जलाउँदा पञ्जाब र हरियाणाका बासिन्दा विशेष रूपमा प्रभावित हुने गरेका छन् ।

केन्द्रीय प्रदुषण मापन बोर्डले वायुको गुणस्तर निकै कमजोर रहेको भन्दै निर्माण सम्बन्धी काममा रोक लगाउने निर्णय गरेको हो ।

वायु प्रदुषणको सूचांक तीन सयदेखि चार सयको बीचमा मापन हुनु भनेको वायुको गुणस्तर निकै खराब स्थितिमा पुग्नु हो भन्दै यसबाट पर्न सक्ने असरका लागि भारत सरकारले क्षमा याचना पनि गरेको छ ।

सरकारले डिजलबाट चल्ने अटोरिक्सा सञ्चालनमा पनि केही समय रोक लगाएको छ ।

 


Thali Mobile Pvt.Ltd.