काठमाडौं । मंसिर ४ को चुनावपछि केन्द्र र सातै प्रदेशमा गठबन्धनको सरकार बन्ने गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले बताएका छन् ।
रूपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका खाणले भैरहवामा भएको भेलामा देश विकासका लागि सङ्घसहित सातै प्रदेशमा पाँचदलीय गठबन्धनको सरकार बनाउने बताए ।
खाणले लामो सङ्घर्षपश्चात् प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप मजबुत बनाउँदै नागरिकको अवस्था परिवर्तन गर्न गठबन्धन बनेको र जित अत्यावश्यक भएको बताए ।
गठबन्धनले जिते प्राप्त उपलब्धि उल्टन नसक्ने बताए। विसं २०४६ मा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातन्त्रको आगमन, संयुक्त आन्दोलनबाट निरंकुश राजतन्त्रको अन्त्य र १२ बुँदे सहमति यसैको परिणाम भएको उनको भनाइ छ ।

