नेपाल क्रान्तिकारी किसान संघको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन (फोटो फिचर)

नेपाल क्रान्तिकारी किसान संघको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन (फोटो फिचर)

बारा । नेपाल क्रान्तिकार किसान संघको तेस्रो राष्ट्रिय सम्मेलन बारा जिल्लामा सुरु भएको छ । नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी किसान संघको तेस्रो राष्ट्रिय सम्मेलन शनिबार नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले उद्घाटन शुभारम्भा गरेका हुन ।

जमिन जोत्नेलाई मालिक बनाउन किसान आन्दोलन, देशको सार्वभौमिकता रक्षा गर्न तेस्रो राष्ट्रिय सम्मेलन’ भन्ने नेपाल क्रान्तिकारी किसान संघ नारा रहेको छ । बाराको कैलाली बजारबाट सुरु भएको र्‍याली नगर परिक्रमा गर्दै बैरिया पुगेको थियो ।

र्‍यालीमा विभिन्न जिल्लाबाट किसान, मजदुर, युवा, विद्यार्थी, महिला, शिक्षक तथा सर्वसाधारणको सहभागी भएका थिए ।

सम्मेलनमा भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रे, सोलुखुम्बु, बारा, पर्सा, रौतहट, सप्तरीलगायत देशै भरका विभिन्न जिल्लाका किसानहरूको सहभागिता रहेको छ । नेपाल क्रान्तिकारी किसान सङ्घको केन्द्रीय नयाँ कार्य समिति आइतबार हुने बन्द सत्रले चयन गर्ने संघले जनाएको छ ।

भर्पाई आन्दोलन, बाली काट्ने आन्दोलन, मोहियानी हक सुरक्षाको आन्दोलनजस्ता कानुनी र गैरकानुनी सङ्घर्ष गर्दै नेपाली किसानहरुको हक हितमा संघ अग्र मार्चामा रहदै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.